काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्धा दर्ता गर्न आदेश दिएको छ । सर्वाेच्च प्रशासनले दर्ता गर्न अश्विकार गरेको मुद्धा अदालतले दर्ता गर्न आदेश दिएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफुले लिने बताएका थिए ।
प्रचण्डको सोही अभिव्यक्ति विरुद्ध अधिवक्ताद्धय ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
तर सर्वोच्च प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्ति भनेर निवेदन दर्ता गरेको थिएन् । अदालत प्रशासनले रिट दर्ता गर्न नमानेछपछि उनीहरु सर्वोच्च अदालतमा अर्को निवेदन लिएर गएका थिए ।
प्रतिक्रिया दिनुहोस्