Shikhar Insurance
National Life

बढ्यो सुनको मूल्य, अब कति ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १८, बिहीबार ११:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य बिहिबार एक लाख दुई हजार छ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्