Shikhar Insurance
National Life

आर्थिक विकास रणनीति मस्यौदा तयार, २०८० देखि २० वर्षका लागि कार्यान्वयनमा ल्याउने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १७, बुधबार २०:२८
Hyundai
NCELL
NIMB

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक वर्ष लगाएर तयार पारिएको उपमहानगरको आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवाला जिआइजेड र एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गर्दै विभिन्न छ उपक्षेत्रसहित तयार गरिएको मस्यौदामाथि छ कार्यसमूह गठन गरेर छलफल गरिएको छ । स्थानीय सरोकारवाला सबै एकै ठाउँमा बसेर साझा खाका बनाई योजना बद्धरूपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रूप दिन लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषि लगायतका छ आर्थिक उपक्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेड र एलपेडका परामर्शदाता डा तेजहरि घिमिरेले बताए । विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिवृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाको उपभोग र प्रवर्द्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशनलगायतका विषयलाई समेटिएको उनले उल्लेख गरे ।

सङ्घीय सांसद एवं निवर्तमान नगर प्रमुख डा धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार पिलर भएको बताउँदै यी पिलरको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले नेपालगञ्ज उपमहानगरपालिका आफैँ विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताए । स्थानीय साझेदारको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरूप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिए ।

नगर प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने भन्दै उनले स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनको महात्त्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताए ।

यसको कार्यान्वयनका लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताव गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा वाणिज्य सङ्घ, सहकारी सङ्घ, स्थानीय गैरसरकारी संस्था महासङ्घ, साना तथा घरेलु उद्योग महासङ्घलगायत सदस्य रहने र सचिवालयको रूपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएकोछ ।

यो रणनीति विसं २०८० देखि २१०० सम्म २० वर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । विसं २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने लक्ष्यसहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ । यस्तै हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य रणनीतिमा छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताए । यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारलाई हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गरे । उनले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्