Shikhar Insurance
National Life

ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १७, बुधबार १०:०५
Hyundai
NCELL
NIMB

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ ।

भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । यही फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले देवीको मुर्तिमा गर्ने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्दिर पुनःनिर्माणका लागि करिब एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोगको आश्वासन आएको उनी बताउँछन् । प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ । फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ । मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्