Skip to content
Shikhar Insurance
National Life

एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेको तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एमालेको तर्फबाट ८ जना नेताहरु मन्त्री थिए । सोमबार अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए । यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्