Skip to content
Shikhar Insurance
National Life

सिभिल क्यापिटलको अध्यक्षमा भोला बहादुर बिष्ट चयन

Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल क्यापिटल मार्केटको अध्यक्षमा भोला बहादुर बिष्ट चयन भएका छन् । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यस अघि सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा सुमन आचार्य थिए । तर हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसंगै आचार्य सिभिल बैंकबाट नै बाहिरिएका थिए । त्यसपछि फागुन ११ गतेदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक पदमा मुख्य लगानीकर्ता सिभिल बैंकबाट प्रतिनिधित्व गर्दै भोला बहादुर बिष्ट चयन भएका थिए। उनी सन् २००२ मा महेन्द्र विद्या भुषणद्वारा विभूषित हुन् भने उनीसंग बीस वर्षको बैंकिङ अनुभव छ । फागुन १४ गते उनी अध्यक्ष चयन भएका हुन्।

विगत १३ बर्षदेखी सेवारत सिभिल क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य , शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्