Shikhar Insurance
National Life

सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सुनचाँदी बजारमा बिहिबार सुन तथा चाँदीकै मुल्य गिरावट आएको छ । बिहिबार छापावाल सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले गिरावट आएको हो ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार तेजावी सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार महासंघले सर्वजनिक गरेको विवरण अनुसार चाँदी प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मुल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्