काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर तोक्दै आम्दानीमा अंकुश लगाएको छ । केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुले कजाको अधिकतम ब्याजदरका कम्तीमा ५० प्रतिशत निक्षेपको ब्याजदर कायम गर्नु पर्ने व्यवस्था गरेको हो ।
हाल लघुवित्त संस्थाहरुले कर्जामा अधिकतम १५ प्रतिशत ब्याज लिन पाउँछन् । नयाँ व्यवस्थाअनुसार अबदेखि लघुवित्तहरुले बचतमा साढे सात प्रतिशतसम्म ब्याज दिनु पर्ने हुन्छ । हाल अधिकांश लघुवित्त संस्थाहरुले बचतमा अधिकतम ३ प्रतिशतमात्रै ब्याज दिने गरेका छन् ।
बिहीबार राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन÷परिमार्जन थप व्यवस्था गर्दै भनेको छ– ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको
अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप÷बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ ।’
यसले गर्दा लघुवित्त संस्थाहरुको कस्ट अफ फण्ड बढ्न गई आम्दानीमा ह्रास आउने निश्चित छ भने, संस्थाहरुले कर्जाको अधिकतम ब्याजदर समेत घटाएर भएपनि यस्तो आम्दानी केही हदसम्म जोगाउन सक्ने सम्भावना हुन्छ ।
प्रतिक्रिया दिनुहोस्