विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरेको छ ।
प्रारम्भमा तीन थान साइकल वितरण गरिए पनि पछि थप गर्दै जाने महानगरको योजना छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन विद्युतीय साइकल वितरण गरेको हो ।
आज(बुधबार) महानगर परिसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई विद्युतीय साइकलको साँचो हस्तान्तरण गरे ।
सो अवसरमा प्रमुख कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार विद्युतीय साइकल वितरण गरिएको बताए । उनले नगरप्रहरीलाई जिम्मेवार भएर छिटो छरितोरूपमा काम गर्न निर्देशनसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्