Skip to content
Shikhar Insurance
National Life

किसान लघुवित्तद्वारा लगानीकर्ताहरुलाई ७.३६ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँको ७.३६८४ प्रतिशतका दरले हुन आउने ३ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ७ प्रतिशतका दरले हुन आउने ३ करोड २९ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थका लागि ०.३६८४ प्रतिशतका दरले हुन आउने १७ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE