काठमाडौं । एनएमआइएचको १६ औं बार्षिकोत्सव विविध कार्यक्रम भब्यतापुर्बक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा.बंशीधर मिश्रको अध्यक्षतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।
बार्षिकोत्सव विविध कार्यक्रममा अन्तिम दिनको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं बाग्मती प्रदेशका निबर्तमान मुख्यमन्त्री माननीय राजेन्द्रप्रसाद पाण्डेले क्याम्पस दिवसको सफलताको कामना गर्दै संस्थाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गरेका थिए । बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी बिकास मन्त्री माननीय केशब पोखरेलले क्याम्पसका सबै प्रकारका गतिविधिहरु आफुले नजिकबाट नियाल्ने अबसर प्राप्त गरेकोले प्रदेश सरकारले क्याम्पसका सबै प्रकारका प्राज्ञिक कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष जीवन प्रकाश शर्माले नेपालको शैक्षिक इतिहासको चित्र प्रस्तुत गर्दै शिक्षालाई उद्योग सग जोड्न सकिएमा मात्र उत्पादित जनशक्ति बेरोजगार हुनुनपर्ने धारणा व्यक्त गरे । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले क्याम्पसले उत्पादन गरेको जनशक्तिले रोजगारी प्राप्त गर्न सफल भएको सुन्दा उत्साहित भएको बताउदै चिकित्सा शिक्षा आयोगले छोटो समयमा चिकित्सा शिक्षालाई ब्यवस्थित गर्न गरेका प्रयासहरुको बारेमा उल्लेख गरेका थिए ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महारजगज निमित्त डिन प्रा.डा. प्रदिप बैध ले क्याम्पसले प्रदान गरेको गुणस्तरीय शिक्षाको अनुभुती सर्बत्र महसुस गरिएको भन्दै स्वास्थ्य बिज्ञान तर्फको अन्तिम परीक्षा मा यस क्याम्पसले उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएकोमा अध्यापनरत सबै शिक्षक शिक्षिकालाइ हार्दिक बधाई दिनुभयो । क्याम्पसका संयोजक डा रामकुमार अधिकारीले विद्यार्थीहरुलाइ अनुसन्धानको क्षेत्रमा समर्पित हुनुपर्ने सुझाव राख्दै उपस्थित सबै महानुभाबहरुलाइ धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. वंशीधर मिश्रले क्याम्पसले प्रन्ध बर्षको अबधीमा गरेका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्दै संस्थालाइ उत्कृष्ट शैक्षिक सस्था बनाउन सहयोग पुर्याउने सबैलाइ धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको अन्तिम दिन बिद्यार्थीहरु उत्साहर्पूक सास्कृतिक कायक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा मनमोहन मेमोरियल छात्रवृति तथा हरिदेउसा राई छात्रवृति वाट समेत बिद्यार्थीहरु छात्रवृति प्रदान गरिएको थियो ।
सोही अवसरमा आगामी बर्ष देखि नसिग बिभागमा अध्ययनरत बिद्यार्थीहरुको पठनपठनमा सहयोग पुराउने उद्धेश्यले श्रीमान÷श्रीमति बिष्णु भट्टराईको तर्फवाट ५ लाख रुपैयाँ बराबरको अक्षयकोष समेत घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्