Shikhar Insurance
National Life

भक्तपुर नगरपालिकाद्वारा ६१ लाख बराबरको छात्रवृत्ति रकम वितरण

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ८, सोमबार १४:२३
Hyundai
NCELL
NIMB

भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए ।

भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक ४ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिदै उनले नगरपालिकाले अन्य विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत उपलब्ध गराउँदै आएको बताए ।

भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ । ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवालले निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजले इञ्जिनीयरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए । नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजका विद्यार्थीलाई ३२ लाख ९ सय र ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीलाई २९ लाख ३६ हजार गरी ६१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्