Shikhar Insurance
National Life

‘यो शहरमा मृत्यु पछि पनि पैशा चाहिन्छ, आर्यघाटमा जल्न गरिवलाई सजिलो छैन’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ६, शनिबार १९:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतकी पूर्बप्रधानन्यायाधिश सुशीला कार्कीले सरकारमा रहेकाहरु व्यापारी भएकाले राज्यले सेवा प्रदान गर्नु पर्ने स्वास्थ्य र शिक्षामा व्यापार हुन थालेको बताएकी छिन् ।
डिल्लीबजार कन्या बहुमुख क्याम्पसको ४२औं वार्षिकोत्वस तथा पुरस्कार वितरण समारोहमा पूर्वप्रधानन्यायाधिश कार्कीले शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुँदा गरिवका सन्तानले डाक्टर र इन्जिनियर पढ्न नसक्ने अवस्था आएको बताएकी हुन् ।

उनले भनिन्, ‘देशका ठूला नीजि क्षेत्रका स्वास्थ्य र शिक्षासँग सम्वन्धित संस्थाहरुमा व्यापारिले लगानी गरेका छन् । उनीहरु शिक्षा र स्वास्थ्य क्षेत्रबाट अधिक फाईदा लिन व्यापार गरिरहेका छन्। पहिले गरिवका छोरा छोरी पनि डाक्टर र इन्जिनियर पढ्थे तर आजकाल पैशा नहुनेले पढ्नै सक्दैनन्। कतिपय आमा बुवा छोरा छोरीलाई राम्रो शिक्षा दिन मन छ तर पैशा नभएका कारण रोएर हिँडेका छन् ।’
पूर्वप्रधानन्यायाधिश कार्कीले गरिवका छोराछोरीका लागि निःशुल्क शिक्षा दिन क्याम्पस खोल्छु भन्दा सरकारमा बसेका मान्छे व्यापारी हुँदा स्वकृति नै नदिने गरेको अनुभव सुनाइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सरकारले उपलब्ध गराउने छात्रबृत्ति र सुविधा कसले पाइरहेको छ ? थाहा छैन’, उनले भन्नु भनिन् ‘व्यापार शिक्षा र स्वास्थ्यवाहेक मृत्युमा समेत हुने गरेको छ । यो शहरमा मृत्यु पछि अन्त्येष्टिका लागि पनि पैशा चाहिन्छ । गरिबको मृत्यु भयो भने आर्यघाटमा अन्त्येष्टि गर्न सहयोजथ जुटाउनु पर्ने बिडम्बना छ ।’

कार्कीले स्वास्थ्य क्षेत्रमा व्यापार फस्टाउँदै गएको अनुभव आफूले पनि महसुस गरेको भन्दै एक नीजि अस्पतालले उपचारका क्रममा निधन भइसकेको मान्छेलाई समेत आईसीयूमा राखेर मृत्यु घोषणा नगरी पैशा बटुल्ने गरेको बताइन । उनले पैशाका लागि अस्पतालले मृत्यु घोषणा नगर्न चिकित्सकलाई दबाब दिँदा एक चिकित्सक अमानविय र गैरव्यवसायिक चरित्र देखाउन नसक्ने भन्दै विदेशिन बाध्य भएको घटना सुनाइन् ।

उनले भनिन्, ‘देश व्यापारी नेताले चलाएकोले उनीहरुलाई हटाएर हिम्मत र साहसका साथ छात्राहरु अघि बढ्नु पर्छ । डराएर महिलाले कहिल्यै उन्नति गर्न नसक्ने भन्दै आफू जुन कुर्सीमा पुँगेँ त्यो मेरो साहस र मेहनतले हो कसैको निगाहले होइन । केही गर्छु भनेर अघि बढ्दा कोही बलात्कार गर्न आए पनि प्रतिकार गर्न सक्छु भन्ने साहस छात्रामा चाहिन्छ ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्