Skip to content
Shikhar Insurance
National Life

सिंहदरबारले छोटो समयमै धेरै प्रगति गर्यो,अर्थतन्त्रमा विषेश योगदान होस्-बीमक संघ अध्यक्ष क्षेत्री

Hyundai
NCELL
NIMB

काठमाडाैं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन बीमक संघ नेपालका अध्यक्ष चंकी क्षेत्रीले सिंहदरबार डटकमलाई शुभकामना दिएका छन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष क्षेत्रीले सिंहदरबार डटकमलाई दोस्रो वार्षिक उत्सवको शुभकामना दिएका हुन् ।

वि.सं. २०७७ फागुन ७ गतेदेखि कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकमले २ वर्षे यात्रा पार गरेको छ । नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नोे अलग पहिचान स्थापित गर्ने अथक प्रयासमा रहेको सिंहदरबारका नियमित पाठकमध्ये संघका अध्यक्ष क्षेत्री आफु पनि रहेको बताउँछन् ।

सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट सिंहदरबारलाई तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिँदै अध्यक्ष क्षेत्रीले भने–‘सिंहदरबार डटकमले २ वर्ष पुरा गरेकामा नारायण जी र उहाँको टिमलाई म लगायत सम्पुर्ण बीमा क्षेत्रको तर्फबाट धेरै–धेरै शुभकामना, सानो समयमै सिंहदरबार टिमले गरेकोे आर्थिक पत्रकारीले धेरै उचाइ लिएको छ आगामी दिनमा पनि सिंहदरबारले आर्थिक जगतलाई चलायमान बनाउन सहयोग पुग्ने समचार सम्प्रेषण गरी सहयोग गर्नु हुनेछ ।’

सिंहदरबारले देश भित्रको लागि मात्रै नभएर विदेशबाट समेत लगानी भित्रिन सहयोग पुग्ने गरि समचार प्रसारण गर्ने गरेको हुँदा त्यसले देशको अर्थतन्त्र सुधारमा थप सहयोग पुगेको र आगामी दिनमा पनि पत्रकारीता क्षेत्रबाट हुने योगदानमा सिंहदरबार बिषेश हुन सक्ने विश्वास उनको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्