काठमाडौं । सुकुम्बासी बस्तिमा डोजर चलाउने प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पर्खालमा सुकुम्बासीले नै डोजर चलाईदिएका छन् । मनोहरा करिडोरमा काठमाडौं महानगरपाकिाले लगाएका पर्खालमा सुकुम्बासीहरुले डोजर चलाएका हुन् ।
मेयर साहले नै महानगरको संरचना कसैले भत्काईदिएको बताएका छन् । उनले फेसबुकमा मनोहरा नदि किनारमा निर्माण गरिएको पर्खाल केहि व्यक्तिहरुले भत्काईदिएको भन्दै फोटो सार्वजनिक गरेका छन् । उनले पहिले र अहिलेको भन्दै सार्वजनिक गरेको फोटो सार्वजनिक गरेका हुन् ।
बालेनले लेखेका छन्
यहाँ मनोहरा आयोजनामा व्यक्तिको जग्गामा अनाधिकृततवरले बसिरहेका केहि व्यक्तिहरुले खोलाको बाँध (Retaining Wall) भत्काउन डोजर चलाएका छन् । तर राज्यको माथिल्लो तह निरिह भएर बसेको छ । गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौँको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ ।
सार्वजनिक सम्पतिमा रहेका अनाधिकृत संरचना हटाउनु नै बनाउनु हो । डोजरले भत्काएको मात्रै भन्ने गलत भाष्यले सार्वजनिक सम्पतिलाई सार्वजनिक बनाउँदै गरेको कर्मलाई अवमूल्यन गरेको छ । यसैले काठमाडौँ महानगरलाई यतिकै बदनाम गरिदैछ ।
प्रतिक्रिया दिनुहोस्