काठमाडौं । बैंक र लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्नुपर्ने भन्दै उत्तेजक भाषण गरेका दुर्गा प्रसाईँलाई कारवाही गर्न सिफारिस भएको छ । प्रसाईलाई कारवाही गर्न नेकपा(एमाले) प्रदेश कमिटीले केन्द्रिय कमिटीलाई सिफारिस गरेको हो ।
प्रसाईँले पार्टी हित विपरिद गतिबिधी गरेको भन्दै कारवाहीका लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको हो । प्रसाई नेकपा(एमाले)को केन्द्रिय सदस्य हुन् । उनले झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर राजा फर्काउने अभियान थालेका थिए ।
सोही कार्यक्रममा उनले बैंकका कर्मचारीलाई कालोमोसो दल्न भनेका थिए । उनले बिभिन्न बैंकहरुबाट लिएको साढे ६ अर्ब ऋणको ब्याज किस्ता तीन महिनादेखि तिरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्