एजेन्सी । युट्युबको नयाँ सीइओमा भारतीय नागरिक नील मोहन नियुक्त भएका छन् । यसअघि युट्युबका सीपीओमा कार्यरत नील मोहनलाई बढुवा गरी सीइओ जिम्मेवारी दिइएको हो ।
नील मोहन सन् २००८ देखि गुगलमा काम गर्दै आएका छन् । युट्युबका पूर्व सीईओ सुसान डियान वोजिकीले पारिवारीक कारण देखाउँदै पदबाट राजीनामा दिएपछि कम्पनीले नील मोहनलाई बढुवा गरेको हो । सुसान डियान वोजिकी सन् २०१४ मा युट्युबको सीईओ बनेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्