Shikhar Insurance
National Life

अब डिशहोमको नयाँ कनेक्सन २९९९ रुपैयाँ मात्रै, एक लाख जित्ने अवसर पनि

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १२:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अब २९९९ रुपैयाँमै जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुने कम्पनीले जनाएको छ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।

डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद एक लाख नगद उपहार यस अफर मार्पmत जित्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त हुन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्