Shikhar Insurance
National Life

७ महिनामा बैंकको विजनेशः कर्जातर्फ एसबीआइ फस्ट हुँदा निक्षेपमा आरबीबी, ७ वटाको ग्रोथ नेगेटिभ

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ४, बिहीबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले १ खर्ब बढीको व्यवसाय विस्तार गरेका छन् । सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले ७ महिनामै १ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

गत असार मसान्तसम्म यी वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन माघ महिना आइपुग्दा ४२ खर्ब ९० अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुमा करिब २ खर्ब रुपैयाँ निक्षेप थप भएको छ । गत असार मसान्तसम्म २२ वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन माघ महिनामा आइपुग्दा १ खर्ब ९९ अर्ब ६६ करोड रुपैयाँले थप भएर ४७ खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

७ महिनाको अवधिमा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकको विजनेश निक्षेपतर्फ ४.४० प्रतिशत र कर्जातर्फ २.७६ प्रतिशतले वृद्धि भएको हो ।

सात महिनाको अवधिमा संकलित निक्षेप र प्रवाहित कर्जाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सोअवधिमा निक्षेपतर्फ राष्ट्रिय वाणिज्य बैंक र कर्जातर्फ नेपाल एसबिआइ बैंक पहिलो भएका छन् । सात महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ३.९९ प्रतिशतले निक्षेपमा ग्रोथ गर्दा नेपाल एसबीआइ बैंकले ३.१८ प्रतिशतले कर्जामा ग्रोथ गरेको हो ।

(निक्षेप संकलन अर्बमा)

साथै, कर्जाको ग्रोथमा दोस्रो नम्बरमा माछापुच्छ्रे बैंक र निक्षेपमा हिमालयन बैंक दोस्रो नम्बरमा रहेका छन् । सो अवधिमा हिमालयन बैंकले ३.७२ प्रतिशतले कर्जामा र माछापुच्छ्रे बैंकले निक्षेपमा २.९८ प्रतिशतले ग्रोथ गरेको हो ।

सात महिनाको अवधिमा विजनेश ग्रोथको तेस्रो नम्बरमा निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कर्जातर्फ लक्ष्मी बैंक रहेका छन् । निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २.६६ प्रतिशतले र कर्जामा लक्ष्मी बैंकले २.९२ प्रतिशतले ग्रोथ गरेको हो ।

यस्तै, सो अवधिमा ३ वटा बैंकको निक्षेपको ग्रोथ नकारात्मक छ । भने ४ वटा वाणिज्य बैंकको ग्रोथ नेगेटिभ छ । गत असार मसान्तमा संकलित निक्षेप माघ मसान्तमा आइपुग्दा सिभिल बैंकको २.५६ प्रतिशतले, प्रभु बैंकको ३.३५ प्रतिशतले र कुमारी बैंकको ५.७६ प्रतिशतले घटेको हो ।

साथै, गत असार मसान्तमा प्रवाहित कर्जामा माघ मसान्तमा आइपुग्दा ग्लोबल आइएमई बैंकको ०.४३ प्रतिशत, कुमारी बैंकको १.६५ प्रतिशतले, नेपाल बैंकको २.०४ प्रतिशतले र सनराइज बैंकको १.७४ प्रतिशतले घटेको हो ।

यसैगरी, गत असार मसान्तमा संकलित निक्षेप माघ मसान्तमा आइपुग्दा ३ वटा वाणिज्य बैंकको १० प्रतिशत माथि १४.०३ प्रतिशतसम्म, ६ वटा वाणिज्य बैंकको ५ प्रतिशतमाथि १० प्रतिशतसम्म र १० वटा वाणिज्य बैंकको ५ प्रतिशतभन्दा कमले ग्रोथ भएको छ ।

साथै, सो अवधिमा कर्जातर्फ ४ वटा वाणिज्य बैंकको ५ प्रतिशतमाथि ११.७० प्रतिशतसम्म, ११ वटा वाणिज्य बैंकको १ प्रतिशतमाथि ४.७४ प्रतिशतसम्म र ३ वटाको १ प्रतिशतभन्दा कम ग्रोथ छ ।

(कर्जा प्रवाह अर्बमा)

GBIME

प्रतिक्रिया दिनुहोस्