काठमाडौं । सेयर बजार निरन्तर चौथो दिन ओरालो लागेको छ । गत सोमबारदेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार ४ कारोबारको दिनमा ११२.२२ अंकले घटेको हो ।
साताको अन्तिम कारोबारको दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २,०७०.४१ को विन्दुमा बन्द भएको छ । यस दिन ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले घटेर ३९६.४४ को विन्दुमा बन्द भएको हो ।
दिनभरीमा २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुधबार नेप्से परिसूचक १३.९० अंकले घट्दा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
कारोबारमा आएको १५ कम्पनीको सेयर मूल्य बढेको छ र १९७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार सानिमा लार्ज क्याप फण्डको मुल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ । भने, यूनिलिभर नेपालको सेयर मूल्य सबैभन्दा बढी ५.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको अआधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यस्तै, अपी पावरको ५ करोड १३ लाख, न्यादी ग्रुप पावरको ४ करोड ३६ लाख, महिला लघुवित्तको ४ करोड र नबील बैंकको ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।
कारोबारमा आएको सबै समूहगत उपसूूचकहरु नकारात्मक देखिएको छ । यसदिन सबैभन्दा बढी उत्पादन तथा प्रशोधनमुलक समूहको परिसूचक १.९३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्