Skip to content
Shikhar Insurance
National Life

दरबारमार्गस्थित केडमा एनआइसी एशिया बैंकका ग्राहकलाई २०% छुट, डिजिटल भुक्तानी अनिवार्य

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनीबाट किनमेल गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । जसका लागि बैंकले केड कम्पनी प्रा.लि.सँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार सो छुट पाउनको लागि बैंकका ग्राहकले केडमा गरिएको किनमेलको भुक्तानी भने अनिवार्य रुपमा डिजिटल माध्यमबाट गर्नुपर्ने छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्ने बैंकले कार्य गरेको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार एनआइसीमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने, बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्