Shikhar Insurance
National Life

गम्भिर जोखिममा १६ भुक्तानी प्रदायक कम्पनी, दर्जन बढी गल्ती औल्याउँदै राष्ट्र बैंकले चलायो डण्डा

सञ्चालकको गल्तीले संस्था जोखिममा
सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २, मंगलवार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा भुक्तानी सम्बन्धी काम गर्ने आधाभन्दा बढी कम्पनीहरु जोखिममा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको ‘पेमेन्ट सिस्टम ओभर साइट रिपोर्ट, २०२१/२२’ ले सो देखाएको हो ।

हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर २७ वटा भुक्तानी सेवा प्रदायक, १० भुक्तानी प्रणाली अपरेटर, सबै वाणिज्य बैंकहरु, १३ वटा विकास बैंक, १४ फाइनान्स कम्पनी र १ वटा माइक्रोफाइनास कम्पनीले विद्युतीय भुक्तानी सम्बन्धी काम गरिरहेका छन् । जसमध्ये राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २७ वटा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली अपरेटरको स्थलगत निरिक्षण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमध्ये १६ वटा कम्पनीहरुले तोकिएको नीति निर्देशन उल्लंघन गर्र्दै व्यवसाय गरेको भेटिएकोे छ । नीति निर्देशन उल्लंघन गर्र्दै व्यवसाय गर्नेमा ५ वटा भुक्तानी प्रणाली संचालक र ११ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु रहेका छन् ।

गत आवको असार मसान्तसम्म राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले स्थलगत निरिक्षणमा नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स), स्मार्ट च्वाइस् टेक्नोलोजी, फोन पे भुक्तानी सेवा, नेपाल क्लियरिङस् हाउस (एनसीएचएल) नेपाल पेमेन्ट सोलुसन, सजिलो पे, गोल्डमाइन पेमेन्ट र प्रभु पेमा सेटलमेन्ट, परिचालन, प्रणलीगत र तरलता जोखिम रहेको देखिएको छ । साथै, इसेवा, सेलकम, पे नेप, आइएमई डिजिटल सलुसन, सीजी पे, स्मार्ट कार्ड, क्यू पे र इ–नेटमा समेत सेटलमेन्ट, परिचालन, प्रणालीगत र तरलता जोखिम रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यी संस्थाहरुको दैनिक कार्यमा सञ्चालक समितिको संलग्नता, प्रयाप्त नीतिहरुको अभाव, संस्था सञ्चालनको लागि अप्रयाप्त भौतिक पुर्वाधार, कमजोर कर्पोरेट सुशासन, संकटको समयमा व्यवसाय सञ्चालन गर्नको लागि उपयुक्त रणनीतिको अभाव, बोर्ड बैठकको लागि कार्यविधिको अभाव र सहरी क्षेत्रमा मात्रै केन्द्रित रहेर व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

यस्तै, तोकिएको निर्देशन उल्लंघन गर्ने इसेवा, प्रभु टेक्नोलोटी, आइइमई डिजिटल सिजी पे जस्ता ११ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई राष्ट्र बैंकले कारवाही नै गरेको छ । यी कम्पनीहरुले पुर्व स्वीकृति बिना नै वार्षिक साधारण सम्पन्न गरेको, ५ वर्ष हुनुपुर्व संस्थागत सेयर बिक्री गरेको, तोकिएको समय भित्र सीइओ नियुक्त नगरेको, सीइओको तोकिएको योग्यता पूरा नभएको, दैनिक कार्य सञ्चालनमा कोर्ड सदस्यहरुको संलग्नता र अध्यक्षले सपथ ग्रहण नगरि पदभार ग्रहण गरेको भेटिए पछि कारवाही गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्