Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा इन्फिनीटि लघुवित्त वित्तीय संस्था र निर्धान उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्फिनीटि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत र निर्धान उत्थान लघुवित्तको १९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपश्चात इन्फिनीटि लघुवित्तको सेयर मूल्य ८ सय ३१ रुपैयाँ ६७ पैसा र निर्धान उत्थान लघुवित्तको ८ सय ३४ रुपैयाँ ४५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात आइतबार इन्फिनीटि लघुवित्तको सेयर प्रतिकित्ता ९ सय ९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने निर्धान उत्थान लघुवित्तको ९ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्