Skip to content
Shikhar Insurance
National Life

नाडेप लघुवित्तको लाभांश वितरणमा राष्ट्र बैंककाे प्रतिबन्ध

Hyundai
NCELL
NIMB

काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । डिप्रोक्स लघुवित्तसँग प्राप्ति सम्बन्धी सैद्धान्तिक सहमति भंग गरेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएपछि लघुवित्तले लाभांश रद्ध गरेको हो ।

लघुवित्तको माघ २९ गते बसेको  सञ्चालक समितिको १७७औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने २५ लाख ५६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो ।

लघुवित्तले डिप्रोक्स लघुवित्तसँगको प्राप्ति सम्बन्धी सम्झौताको शर्त बमोजिम प्राप्ति कार्य सम्पन्न नभई सैद्धान्तिक सहमति बदर भई अर्को कुनै पनि वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मको लागि सेयर होल्डरहरुलाई लाभांश वितरणका लागि राष्ट्र बैंकले प्रतिबन्ध लगाएकोले लघुवित्तले लाभांश वितरण गर्न नसकेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्