काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्नका लागि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको आज (फागुन १ गते) सोमबार बसेको संचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा कम्पनीले ४.७५ प्रतिशत बोनश सेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण गर्न योग्य हुनेछ ।
सो लाभांश पारित गर्नका लागि कम्पनीले फागुन २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहिअनुसार फागुन ९ गतेसम्म नेप्सेमा कारेबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्