Shikhar Insurance
National Life

यति एयरलाईन्स दुर्घटनाका बीमितलाई एलआइसीद्वारा मृत्यु दावी भुक्तानी

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी मृत्यू भएका मृतकको परिवारलाई एलआइसी नेपाललेबीमा वापतको पैसा दिएको छ । कम्पनीले ३ जना बीमितको परिवारलाई दाबी वापत करिब ४१ लाख भुक्तानी दिएको हो ।

कम्पनीमा आयोजित एक कार्यक्रममा कम्पनीको नायब कार्यकारी प्रमुख टी. वर्णवालले परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेका छन् । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका चारसहित ७२ यात्रुहरुको मृत्यु भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मृतकहरू मध्ये डा. गणेश थापा, अनिल शाही र लक्ष्मी पौडेलले एल आइसी नेपालको बीमा योजना खरिद गरेका थिए । निजहरूको मृत्यु पछि कम्पनीले नै दावी भुक्तानीमा अग्रसरता देखाई निजहरुको आफन्तजनलाई प्रक्रिया पुर्‍याई दावी भुक्तानी गरेको हो ।

सो दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृतले जीवन बीमाले कसैको जीवनको भावनात्मक पक्षलाई परिपुरण गर्न नसक्ने तर आर्थिक प्रभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै बीमाको महत्व प्रष्ट पारे । एलआइसी नेपाल सदैव बीमितिको हकहित प्रति प्रतिबद्द रहेको र दावी भुक्तानी प्रकियामा अझै शीघ्रता ल्याई आम नागरिकको बीमा प्रति भरोसा बृद्दि गर्न कुनै कसर बाँकी नराखिने जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्