Shikhar Insurance
National Life

राष्ट्रपति चुनाव प्रभावित गर्न भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउँदै छन् । उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्नेछन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका क्वात्राको प्रमुख उदेश्य भने राष्ट्रपति निर्वाचनमा चलखेल गर्नु हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्वात्राले यस अघि नेपालमा भारतीय राजदुतका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । भारतको विदेश सचिव बन्ने गरि उनी राजदुतबाट बाहिरिएका थिए । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्