Skip to content
Shikhar Insurance
National Life

बीवाइडीको एटो–३ नेपाल भित्रियो, मूल्य ६४ लाख ९० हजार

Hyundai
NCELL
NIMB

काठमाडौं । बीवाइडीको एटो–३ कार नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इङकले सय किलोवाटको एटो–३ नेपालमा सार्वजनिक गरेको हो । नयाँ कारको मूल्य ६४ लाख ९० हजार रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सय किलोवाट भन्दा माथिको गाडीको राजस्व बढाएपछि एटो–३ को मूल्य ९० लाख रुपैयाँ पुगेको थियो। मूल्य महँगो भएपछि साइमेक्सले सय किलोवाट भन्दा कमको एटो–३ बनाउन आग्रह गर्दै प्रस्ताव पठाएको थियो।

त्यही प्रस्तावका आधारमा बीवाइडीले सय किलोवाटको एटो बनाएको हो। यस अघि एटो–३ कार १५० किलोवाटको थियो । अब आउने एटोको मोटरपावर मात्रै कम हुनेछ भने फिचर सबै डेढ सय किलोवाट सरह नै हुनेछ।

कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले मार्चदेखि व्यवसायिक रुपमा बिक्री वितरण सुरु हुने जानकारी दिइन् । एटो–३ लाई हुन्डाईको कोना र एमजीको जेड एस इभीको प्रतिस्पर्धी मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्