Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकले गर्याे ८.९८ प्रतिशत लाभांश घोषणा, बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । बैंकले  गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ८.९८३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको माघ २६ गते बसेको संचालक समितिको ३०८औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८.५३४ प्रतिशतका दरले हुन आउने २५ करोड ६९ लाख २२ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.४४९ प्रतिशतका दरले हुन आउने १ करोड ३५ लाख २२ हजार रुपैयाा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्