Skip to content
Shikhar Insurance
National Life

एशियन हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला, कति कित्तासम्म आवेदन दिन पाउँने ?

Hyundai
NCELL
NIMB

 

काठमाडौं । एशियन हाइड्रोपावरले आज (माघ २७ गते) देखि साधारण सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारण्का लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरआईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

कम्पनीले प्रति सेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले सञ्चालन गरिरहेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाले २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ३९ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २९ करोड १५ लाख ३७ हजार ९७ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.०९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.८३ वर्ष रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्