काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले २१ प्रतिशत लाभांश पाउने भएका छन् । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कुल प्रस्तावित लाभांशको २० प्रतिशत बोनस सेयर छ भने १.०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिनेछ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्