Skip to content
Shikhar Insurance
National Life

सुधारिंदै बाह्य क्षेत्रः शोधनान्तर बचत ९७ अर्ब १० करोड पुग्दा १३ खर्ब ३७ अर्ब रूपैयाँ पुग्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । रेमिट्यान्स वृद्धि र आयात नियन्त्रण हुँदा देशको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढ्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति चालु आवको सोही अवधिमा ९७ अर्ब १० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथयांक अनुसार सो अवधिमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

शोधनान्तर घाटा चुलिंदै जाँदा अर्थतन्त्र बाह्य क्षेत्रको दबाब र तरलता दबाबलाई कम गर्न भन्दै चालिका कसिलो नीति क्रमशः खुकुलो बन्दै जाँदा बाह्य क्षेत्रमा सुधार भएको राष्ट्र बैंकद्वारा सार्वजनिक सो तथ्यांकले देखाउँछ ।

यसैगरी, समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८.० प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेकोछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्