Shikhar Insurance
National Life

सुनको मूल्य नयाँ रेकर्ड कायम, तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुग्यो

सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार (माघ १९ गते) नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि माघ १२ गते मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन अर्थात बुधबार छापावाल सुन प्रतितोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुनको मुल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी,चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

विश्व बजारमा सुनको माग बढिरहेको छ । विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन् । नेपालमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्