काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले फागुण १३ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा गैडाकोट नवलपरासीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन २ गते बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन १ गतेसम्म नेप्सेका कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्