Skip to content
Shikhar Insurance
National Life

नाडेप लघुवित्तले गर्याे १०.५२ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको माघ १८ गते बुधबार बसेको संचालक समितिको १७६औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १०.५२६ प्रतिशतका दरले हुन आउने ५ करोड ११ लाख ३२ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशतका दरले हुन आउने ४ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.५२६ प्रतिशत (कर प्रयोजनसहित)का दरले हुन आउने २५ लाख ५६ हजार नगद लाभांश रहेको छ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्