Shikhar Insurance
National Life

करिब ५ अंक बढ्यो नेप्से, कारोबार रकम २ अर्बभन्दा तल

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । गत साताको बिहिबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार भने सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.९७ अंक बढेर २,११६.६५ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.५३ अंक बढेर ४०१.१६ को विन्दुुका बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने सर्वाधिका गिरावट आएको छ । अघिल्लो दिन अर्थात मंगलबार नेप्से परिसूचक १५.७४ अंक घट्दा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबर सेयर खरिबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको ११० कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ । भने १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सिदार्थ इन्स्यारेन्सको सेयर मूल्य ८.२८ प्रतिशत र इस्ट्रन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.१७ प्रतिशत बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कम बढेको छ ।

बुधबार एनआईबिएल समृद्धि फण्ड-२ को मूल्य सबैभन्दा बढी ३.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक शीर्ष स्थानमा छ । बैंकको ५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, रिडी पावर कम्पनीको ४ करोड ९२ लाख, एनआइसी एशीया बैंकको ४ करोड ७६ लाख लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र छ ।

समूहग उपसूचकहरु मध्य ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको उपसूूचक घटेको छ । यस दिन होटल एण्ड टुरीजम समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत र बैंक समूहको परिसूचक १.२४ प्रतिशत बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्