Skip to content
Shikhar Insurance
National Life

अडिटरले साइनिङ रिस्क बुझेर कर्जा सदुपयोग मुल्यांकन गरोस्, अन्यथा आफै फस्छन्– गभर्नर

Hyundai
NCELL
NIMB

नेपाल फाइनान्सियल रिपोटिङ सिस्टम (एनएफआरएस) को कार्यान्यन्वयमा अग्र स्थानमा बैंकिङ क्षेत्र रहेको छ । यसको कार्यान्वयनमा आइपरेका समस्या समाधानमा आइक्यानले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । जसले गर्दा नेपालको बैंकिङ क्षेत्रका वित्तीय विवरणहरु अन्तर्राष्ट्रिय स्तरका परिस्कृत हुँदै गएको छ ।

संस्थाहरु थप पारदर्शी र जिम्मेवार हुँदै गएको छ । देश भित्रबाटै कतिपय संस्थाहरुले उत्कृष्ट वित्तीय विवरण प्रकाशित गर्ने संस्थाको अवार्ड पाइरहेको छ । यसले आइक्यानको भुमिका बैंकिङ क्षेत्रमा धेरै महत्वपूर्ण र सराहनीय हुँदै आएको प्रष्ट हुन्छ ।

जोखिको बिषय हरेक क्षेत्र र ठाँउमा हुन्छ । आइक्यानको सदस्यहरुमा जोखिमको विषय अझ बढी हुन्छ । लेखा परिक्षण गर्ने एकाउण्टेडहरुमा विभिन्न रिक्स मध्ये साइनिङ रिक्स मुख्य हो । हामीले बैंक व्यवस्थापनलाई बढी जिम्मेवार बनाउन खोज्छौं । त्यो जिम्मेवारीले लेखा परिक्षकहरुको साइनिङ रिक्स घटिरहेको छ ? कसैले कही केही गल्ती भेटाएमा व्यवस्थापन कै गल्ती थियो यसमा अडिटरको केही गल्ती थिएन भन्छ ? अर्थात् यो संस्थाको इज्जतमा प्रत्येक लेखा परिक्षकको प्रत्येक हस्ताक्षरहरु जोडिएका हुन्छन् । वित्तीय क्षेत्रको लिडरसीपको भुमिकामा रहेको कारणले पनि लेखा परिक्षकको हस्ताक्षरको महत्वबारे मैले यहाँ प्रष्ट्याएको हुँ ।

फाइनान्सियल सेक्टरमा पेस हुने प्रत्येक मार्गनिर्देशनहरुमा लेखा परिक्षकको महत्वपूर्ण भुमिका हुन्छ । जसमा हामीले चालुपुँजी कर्जा मार्गनिर्देशन ल्यायौं । त्यसमा ब्यापक बिरोध प्रतिरोध छलफलहरु भए । त्यो मार्गनिर्देशनमा सबैभन्दा बढी योगदान गर्ने संस्था भनेको यही आइक्यान र यहाँका सदस्यहरु नै हुन् । त्यो मार्गनिर्देशनमा आइक्यानले भन्दा बढी कसैले पनि बोल्न सक्दैन । त्यो मार्गनिर्देशनले लेखा परिक्षकहरुलाई थप जिम्मेवारी दिएको छ ।

त्यो मार्गनिर्देशनको मुख्य आशय भनेकै वित्तीय स्रोतको उपयोग गलत ठाँउमा नहोस् भन्ने नै हो । वित्तीय स्रोतको अनुपयोग हुने वित्तिकै त्यसले धेरै प्रकारका समस्याहरु निम्त्याउँछ । पहिलो भनेको आन्तरिक उत्पादन हामीले सोचेअनुसार बढ्नु पाउँदैन । अनुपयोग गर्ने व्यक्ति नै भोलीको दिनमा फस्न सक्छ । यसकोबीचमा काम गर्ने लेखापरिक्षकहरुको ठुलो भुमिका रहन्छ ।

चालुपुँजी कर्जाको सही उपयोग भइरहेको छ वा छैन । त्यो ऋणीलाई पुँजी, नेटवर्कले जस्टिफाइ गरिरहेको छ वा छैन भन्ने विषय लेखा परिक्षकहरुले राम्रोसँग हेर्नु होला भन्ने आशा गरेका छौं । यस बिषयमा पनि लेखा परिक्षकको साइनिङ रिक्सको कुरा आउँछ भने संस्थाको इज्जतको पनि जोडिन्छ । व्यक्तिगत भन्दा संस्थागत इज्जतको कुरा बढी महत्वपूर्ण हुन्छ । हामी सबैले आ–आफ्नो ठाँउबाट आफ्नो जिम्मेवारी पुरा गयौं भने एउटा व्यवसायी वा ग्राहकलाई मात्र नभएर देशको अर्थतन्त्रलाई सहयोग गरेका हुन्छौं ।

नेपाल चार्टर्ड एकाउन्सेन्ट्स संस्था (आइक्यान)को २६औं वार्षिक उत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले राखेको मनत्व्यको सम्पादित अंश

GBIME

प्रतिक्रिया दिनुहोस्