काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएको छ । गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार १५.७४ अंकले घटेर २,१११.६३ को विन्दुमा बन्द भएको छ ।
त्यस्तै, ठुला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.३८ अंकले घटेर ४००.६० को विन्दुमा बन्द भएको हो ।
दिनभरीमा २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात सोमबार नेप्से परिसूचक ४१.०१ अंकले घट्दा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबर सेयर खरिदबिक्री भएको थियो ।
कारोबारमा आएको ५७ कम्पनीको सेयर मूल्य बढेको छ । १४८ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ११ कम्पनीको सेयर मुल्य स्थिर छ ।
नेप्सेका अनुसार मंगलबार आर्दश लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.७३ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य ६.२० प्रतिशत बढेको छ । भने, प्राइम इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा बढी ५.२१ प्रतिशत घटेको छ ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख रुपैयाँ, गुँरास लाइफ इन्स्योरेन्सको ७ करोड ६७ लाख रुपैयाँ, एनआइसी एशीया बैंकको ७ करोड १० लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्सयोरेन्सको ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यसदिन समूहगत उपसूूचकहरु मध्य हाइड्रोपावर समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ भने,बाँकी सबै समूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्