काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनस सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो ।
सोमबार नेप्सेमा किसान लघुवित्तको २० प्रतिशत र सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर नेप्सेका सूचिकृत भएको छ ।
किसान लघुवित्तको ७ लाख ८५ हजार ६१७ कित्ता र सिभिल बैंकको ४५ लाख ३७ हजार ९२१ कित्ता बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सूचिकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्