Shikhar Insurance
National Life

नेप्से उच्च अंकको गिरावट, कारोबार रकम ३ अर्ब ३० करोड

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकको गिरावट आएको छ । गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, निरन्तर तेस्रो कारोबार दिन पनि घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.०१ अंक घटेर २१२७.५२ विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ पनि इण्डेक्स ७.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५९ अंक घटेर बन्द भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २५६ कम्पनीको ५७ हजार १२६ पटकको कारोबारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यसदिन कारोबारमा आएको ९ कम्पनीको सेयर मूल्य बढेको छ । २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्से घटेपनि सोमबार दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, बाराही हाइड्रोपावरको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५.१४ र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.०३ प्रतिशतले बढेको छ। यस दिन युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको सेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको १७ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावर कम्पनीको १० करोड ४८ लाख ९२ हजार,पिपुल्स हाइड्रोपावर कम्पनीको ९ करोड ५६ लाख २९ हजार, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ९ करोड ३५ लाख ९२ हजार, अपि पावर कम्पनीको ७ करोड ७७ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६१ प्रतिशतले घटेको छ । भने वित्त उपसमूहको परिसूचक ३.३७ प्रतिशतले घटेको छ ।

विकास बैंक, जलविद्युत, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्