काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार नेपाल सुनचाँदी बजारमा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार सोमबार नेपाल सुनचाँदी बजारमा सुनको मुल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । सोमबार चाँदी अघिल्लो दिनकै बराबरी १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्