Skip to content
Shikhar Insurance
National Life

मौद्रिक नीतिको मध्यावधि समिक्षा निर्माणमा जुट्यो राष्ट्र बैंक, माघ अन्तिममा सार्वजनिक हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा निर्माणमा जुटेको छ । माघ महिनाको अन्तिम राता सार्वजनिक गर्ने तयारीका साथै केन्द्रीय बैंक समीक्षा निर्माणको तयारीमा जुटेको हो ।

जसका लागि राष्ट्र बैंकले सरोकारवालाहरुसँग राय सुझाव पेस गर्न सुचना समेत जारी गरेको छ । शुक्रबार राष्ट्र बैंक आर्थिक अनुसान्धान विभागले एक सुचना जारी गर्दै माघ २० गतेसम्म सो विभागमा आव २०७९/८० को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षाका लागि आफ्ना राय/सुझाव पेस गर्न भनेको हो ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्द्धवार्षिक समीक्षा हरेक त्रैयमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था छ । सोही अनुसार नै तयारी शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुक डा. प्रकाश कुमार श्रेष्ठले बताए ।

‘विभागीय छलफल सुरु भएको २/३ दिन भयो, सरोकारवालहरुको सुझाव प्राप्त भइसकेपछि त्यसमा थप छलफल हुन्छ । सकभर मौद्रिक नीति तर्जुले तोकेकै समयसीमा भित्र अर्द्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले सिंहदरबारसँग भने, ‘पुस महिनाको तथ्यांक आउनै बाँकी भएको हुँदा सो आएपछि नै मौद्रिक नीति अद्र्ध वार्षिक समीक्षाको पूर्ण मस्यौदा तयार हुन्छ ।’

यद्धपी मौद्रिक नीति तर्जुमा कार्यविधिले तोकेको समयसीमा भित्र सार्वजनिक गर्न सम्भाव नभएमा फागुनको पहिलो साताभित्रै सार्वजनिक हुने उनको भनाइ छ ।

अर्द्धवार्षिक समीक्षााकाे लागि सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट ओआरजी डट एनपी’ मा पठाउन सकिने भएको छ । साथै, ०१–४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव टिपाउन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्