Skip to content
Shikhar Insurance
National Life

आजदेखि माया खोला हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने, कहिलेसम्म ?

Hyundai
NCELL
NIMB

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले माघ १३ गते (आज) देखि साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि माघ १७ गतेसम्मको लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशीक रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेको छ ।

कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। जसमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको समयमा माग अनुसार आवेदन नपरेमा निष्काशन अवधि माघ २७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्