Shikhar Insurance
National Life

सबैको लघुवित्तले गर्यो १८.९५ प्रतिशत लाभांश प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

जसमा संस्थाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार रुपैयाँ बराबरको नगद गरी १८.९५ प्रतिशत अर्थात ५ करोड ११ लाख रुपैयाँ कुल लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्