काठमाडौं । डिजी पे प्रा.लि र द नेपाल टप बीच नौलो र बिषेश सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेमा आबद्द व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र बार्षिक ग्राहक हुन पाउने गरी सो सम्झौता भएको हाे ।
सम्झौता अनुसार डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबर महल स्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्नेछ । जसअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टपको सौजन्य झन्डै ५०,००० रुपैयाँ पर्ने ६० सी सी रंगिन बिज्ञापन मात्र १५,००० रुपैयाँमा, १,५०० रुपैयाँ पर्ने बार्षिक ग्राहक मात्र १,००० रुपैयाँ र वर्गीकृत तथा अन्य बिज्ञापनमा ७०% सम्म छुट पाउन सक्नेछन् ।
सम्झौतापत्रमा द नेपाल टप का बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्