Skip to content
Shikhar Insurance
National Life

यी ठूला व्यवसायीमाथि औँला उठाउँदै देहत्याग गरेका प्रेम प्रसाद आचार्य

Hyundai
NCELL
NIMB

काठमाडौं । इलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नु अघि नेपालका केहि ठूला व्यवसायीहरुमाथि औँला उठाएका छन् । उनले भाटभटेनी सुपर स्टोरका मालिक मिन बहादुर गुरुङ, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, एमएमसी सहकारी पसल, डाबर नेपाल, पतञ्जली लगायतका व्यवसायी र व्यवसायीक संस्थाहरुमाथि प्रश्न गरेका छन् । उनीहरुको गलत व्यवहार र समान लिएर भुक्तानी नदिएको कारणले आफु आत्महत्या गर्न बाध्य भएको उनको आरोप छ ।

फेसबुकमा लामो स्टाटस लेख्ने आफनै शरिरमा आगो लगाएका आचार्यले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, चन्द्र ढकाल र भवानी राणा लगायतलाई आफ्ना व्यथा सुनाएको भए पनि समाधानका लागि कुनै चासो नदेखाएको आरोप लगाएका छन् । सुजुकीको गाडी बेच्ने कमपनीले आफ्नो इटिर्गा गाडी फिर्ता लगेको र ४ लाख कम्पनीले खाईदिएको पनि उनको आरोप छ ।

बिगमार्टले पनि लाखौं रकम नदिएको उल्लेख छ । पवन गोल्यानको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु अर्डर गरेर, बनाउन लगाएर काठमाडौ ल्याएपछी अर्डर रद्ध गरेको उनको आरोप छ । साथी मार्टले एक वर्षसम्म समान होल्ड गरेर नबेचि फिर्ता पठाएको उनले बताएका छन् । अनिल बस्नेतको मेरो तरकारी डटकम र नेप एक्सप्रेस युएईले गन्द्रुकको अचार र तामा दुबई लगेर बेचे तर पैसा नदिएको गुनासो उनको छ ।

विवेकशिल साझा पार्टीमा लागेको बताउँने उनले रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बाँस्कोटा, प्रकाश चन्द्र परियारहरुलाई आफ्नो भावनामा खेलबाड गरेको आरोप लगाएका छन् । ‘तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन, किन यो देशको एउटा महत्वाकांक्षी युवाको भावना सग खेलबाड गर्नुभयो ?’, उनले यी राजनीतिज्ञहरुलाई प्रश्न गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्