Skip to content
Shikhar Insurance
National Life

जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुम सुरु

Hyundai
NCELL
NIMB

धनुषा । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुम उद्घाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइज ले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ ।

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुर का संचालक सुनिल महतो ले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्