Skip to content
Shikhar Insurance
National Life

मोलुङ्ग हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने म्याद ५ दिन थप

Hyundai
NCELL
NIMB

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा आवेदन दिने समय थप भएको छ । कम्पनीले गत माग बमोजिम आवेदन नपरेको कारणले ५ दिन म्याद थप गरेको हो ।

जस अनुसार अब कम्पनीद्वारा निष्काशन गरिएको ८ लाख २ हजार ५०० कित्तामा आयोजना प्रभावित स्थानिय बासिन्दाहरुले माघ १५ गतेसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले पुस १९ गतेदेखि आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशनमा गरेको थियो ।

सो आईपीओमा माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएकोमा माग बमोजिम आवेदन प्राप्त नभएकोले ५ दिन थप गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्