Skip to content
Shikhar Insurance
National Life

प्रिओपन सेसनमा करिब ६ अंक बढ्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.७१ अंक बढेर २१७८.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रिओपन सेसनमा ५.९६ अंक बढेर २१८४.७७ विन्दुमा पुगेको छ।

त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.७० अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा २९ स्टकको २८ लाख ७२ हजार १०९ रुपैयाँ ८० पैसा बराबरको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्