Shikhar Insurance
National Life

एनआईबिएल सहभागिता फण्डको आकार बढेर बढेर २ अर्ब पुग्यो

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड”को आकार २ अर्ब रुपैयाँ पुगेको छ । हाल १० करोड इकाईसम्म जारी गर्न सकिनेगरी योजनाको आकार १ अर्ब रहेकोमा अब २ अर्ब पुगेको हो ।

लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको सन्दर्भमा यहि मिति २०७९/०९/१७ गतेका दिनदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत
प्राप्त भए संगैयोजनाको आकार वृद्धि भई २ अर्ब कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ । जस अन्र्तगत संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ बर्ष अघि यस योजना रु. २० करोडको आकारमा संञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिकोउच्च आकर्षणका कारणले हाल १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्